सर्वोच्चमा मंगलबार पनि भएन मुद्दाको सुनुवाइ, न्यायाधीशको बैठक पुन: बुधबार बस्ने

मंगलबार, ९ कार्तिक, २०७८
डिजिटल संस्करण

सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा इजलासमा बस्न नसकिने निष्कर्ष निकालेका छन्। मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका उनीहरूले बुधबार साढे ११ बजे पुन: आन्तरिक छलफल गरेर थप निर्णय लिने बताएका छन् । 
आजको भेटमा प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूलाई प्रश्न उठेका सबैले निकास दिए आफूले पनि राजीनामा दिने बताएका थिए। मंगलबार प्रधानन्यायाधीश जबराले ७ वटा संयुक्त र १ वटा एकल इजलास तोके पनि कुनै इजलासमा मुद्दा सुनुवाइ हुन सकेन । सोमबार पनि इजलास बस्न सकेको थिएन।

सोमबार प्रधानन्यायाधीशलाई भेटेपछि न्यायाधीशहरू पुन: छलफलमा जुटेका थिए।  मंगलबार नै नेपाल बार एसोसिएसनको सल्लाहाकार समितिका सदस्यहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पदबाट अविलम्ब राजीनामा नदिए आन्दोलनको विकल्प नरहेको सुझाब दिएका छन्। यस्तै, संवैधानिक कानुन व्यवसायी मञ्चले पनि जबराको राजीनामा मागेको छ। वरिष्ठ अधिवक्ता शम्भु थापाले जबरा रहेसम्म बहस रोक्नुपर्ने बताएका छन्। 
 

सुझावित समाचार