थप ५५७ जनामा कोरोना संक्रमण पुष्टि, तीनको मृत्यु

आइतबार, ७ कार्तिक, २०७८
डिजिटल संस्करण

देशभर थप पाँच सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा पाँच सय २२ र एन्टिजेन परीक्षणमा ३५ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा ६ हजार ६१ जनाको पिसिआर परीक्षण र एक हजार पाँच सय ६४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर १० हजार दुई सय एकजना सक्रिय संक्रमित रहेका छन् । आइतबार आठ सय ७७ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

पछिल्लो २४ घन्टामा तीनजना संक्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या ११ हजार तीन सय ४८ पुगेको छ ।
 

सुझावित समाचार