१४७ संक्रमित थपिँदा ८४५ संक्रमणमुक्त

शनिबार, ३० असोज, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा देशभर १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। एक हजार ७७३ जनाको स्वाब परीक्षण गर्दा सो संख्यामा नयाँ संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पिसिआर विधिबाट एक हजार ४४६ परीक्षण गर्दा १३६ जना तथा एन्टिजेन विधिबाट ३२७ स्वाब परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यो अवधिमा संक्रमणका कारण एकजनाले मात्र ज्यान गुमाएका छन्। शनिबार ८४५ संक्रमित निको भएका छन्। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ मा झरेको छ। आज पनि खोप लगाउनेको संख्या शून्य रहेको छ ।

सुझावित समाचार