युवा संघले कार्यक्रममा खादा र माला प्रयोग नगर्ने

मंगलबार, १२ असोज, २०७८
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले दुईमहिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने भएको छ । संघको असोज ७ र ८ गते बसेको केन्द्रीय सचिवालय कमिटीको बैठकले दुईमहिने संगठन निर्माण तथा पुनर्जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

संगठन निर्माण तथा पुनर्जागरण अभियानअन्तर्गत ७७ जिल्ला, स्थानीय तह र वडा तहसम्म भेला, बैठक, कमिटी गठन तथा पुनर्गठन र प्रशिक्षणको आयोजना गरिने संघका महासचिव दीपक जिएमले बताए । बैठकले सदस्यता वितरणलाई व्यापकता दिँदै कम्तीमा एक लाख ५० हजार नयाँ सदस्यहरू बनाउने निर्णय पनि गरेको छ । 

संघले आफ्ना कार्यक्रमहरूमा खादा, माला, पुष्पगुच्छाहरू प्रयोग नगर्ने, ०४८ सालपछि आजसम्म उच्च सरकारी ओहदामा बसेका व्यक्ति तथा पार्टीका केन्द्रीयदेखि जिल्लास्तरसम्मका सबै भ्रातृ तथा जन संगठनका केन्द्रीय पदाधिकारीहरूले वार्षिक रूपमा अनिवार्य सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दबाब दिनेलगायतका निर्णय गरेको छ ।

संघले अवैध रूपमा सञ्चालन क्रसर उद्योगहरूलाई तत्काल बन्द गराउन पनि सरकारसँग माग गरेको छ ।

सुझावित समाचार