देशभर थप १३८८ जनामा कोरोना संक्रमण पुष्टि, २४ को मृत्यु

आइतबार, १३ भदौ, २०७८
डिजिटल संस्करण

देशभर थप एक हजार तीन सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणमा एक हजार दुई सय १४ र एन्टिजेन परीक्षणमा एक सय ७४ जनामा संक्रमण देखिएको हो । 

यो अवधिमा सात हजार दुई सय ५९ जनाको पिसिआर परीक्षण र तीन हजार ३८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो । 

हाल देशभर ३५ हजार सात सय ९६ जना सक्रिय संक्रमित रहेका छन् । 

पछिल्लो २४ घन्टामा २४ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुने संक्रमितको संख्या १० हजार सात सय १४ पुगेको छ ।
 

सुझावित समाचार