कांग्रेस प्रवक्ता शर्मा भन्छन्– परीक्षाभन्दा जीवनरक्षा जरुरी

शुक्रबार, २२ साउन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले परीक्षा जरुरी भएको र जीवनरक्षा झनै जरुरी भएको बताएका छन्। कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गर्ने भनिरहँदा बढ्दो कोरोना संक्रमणको अवस्थालाई लक्षित गर्दै शर्माले यसो भनेका हुन्।

‘कि सुरक्षाको भरपर्दो व्यवस्थापन सुनिश्चित र सुसूचित गरियोस् कि #CancelNEBExams म मेरो छोरीको सुरक्षित भविष्य चाहन्छु। त्यसैले चाहन्छु अरू धेरै छोरी छोराको भविष्य सुरक्षा। सम्बन्धित निकायसँग उचित समाधानका लागि संवाद गर्दै छौँ हामी,’ उनले भनेका छन्।

कक्षा १२ को परीक्षा ३१ साउनदेखि ९ भदौसम्म सञ्चालन हुँदै छ। कोभिड– १९ बाट सुरक्षित हुने स्वास्थ्य मापदण्ड अपनाएर ३१ साउनदेखि भौतिक रूपमा परीक्षा सञ्चालन गर्ने निर्णय परीक्षा बोर्डले गरेको थियो।
 

See More On

सुझावित समाचार