पछिल्लो २४ घन्टामा थप १,८०१ जनामा कोरोना संक्रमण

आइतबार, ३ साउन, २०७८
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा एक हजार ८०१ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। नाै हजार ६ सय २८ जनाको परीक्षण गर्दा पिसिआर विधिबाट एक हजार दुई सय २३ जना र एन्टिजेन विधिबाट पाँच सय ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोही अवधिमा थप एक हजार ६ सय ६७ जना संक्रमणमुक्त भएका छन्। यस्तै संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ।

सुझावित समाचार