घटेको नेप्सेमा फाइनान्स र विकास बैंक भने बढे

बिहिबार, १७ असार, २०७८
डिजिटल संस्करण

सामान्य घटेको नेप्सेमा फाइनान्स र विकास बैंकका लगानीकर्तामा उत्साह थपिएको छ । कारोबारमा आएका १३ समूहको सूचकमध्ये ६ समूूहको सूचक सकारात्मक बनेका छन् भने ७ समूूहको सूूचक नकारात्मक बनेका छन् । फाइनान्स समूूहको ५ दशमलव ८१ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको ३ दशमलव ३७ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बिमा, निर्जीवन बिमा समूहमा पनि हरियाली छाउँदा होटेल तथा पर्यटन समूह, लगानीगत समूह, वाणिज्य बैंक समूहका लगानीकर्ता भने निराश बनेका छन् । 

सबैभन्दा धेरै बढ्ने कम्पनीमा पोखरा फाइनान्स रहेको छ । यसको १० प्रतिशतले सर्किट मूल्यमा कारोबार हुँदै ५५ रुपैयाँले बढेर प्रतिसेयर मूल्य ६ सय ५ रुपैयाँ पुगेको छ । सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स, मल्टिपर्पाेज फाइनान्स कम्पनीको करिब १० प्रतिशतले सकारात्मक सर्किट लाग्दा यी कम्पनीका लगानीकर्तामा उत्साह छाएको छ । त्यस्तै, प्रोग्रेसिभ फाइनान्स, बेस्ट फाइनान्स, कर्णाली लघुवित्त, लुम्बिनी विकास बैंकमा पनि हरियाली छाएको छ ।

सबैभन्दा धेरै घट्ने कम्पनीमा जलविद्युत् लगानी तथा विकास कम्पनी, खानीखोला हाइड्रोपावर, गणपति माइक्रो फाइनान्स, सबैको लघुवित्त वित्तीय संस्था तथा सोल्टी होटेल रहेका छन् । 

झिनो अंकले नेप्से घटे पनि कारोबार रकम भने दैनिक ओरालो लागिरहेको छ । बुधबार नेप्से सूूचक ४ दशमलव १३ अंकले घटेर २ हजार ८ सय २३ दशमलव ८८ बिन्दुमा पुुगेको छ । त्यस्तै, ‘क’ वर्गको कम्पनी मापक सेन्सेटिभ इन्डेक्स १ दशमलव ३२ अंकले घटेर ५ सय २२ दशमलव ३७ बिन्दुमा पुगेको छ । 

धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय २० कम्पनीको १ करोड ६२ लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ८३ करोड ८५ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल इस्योरेन्स कम्पनी रहेको छ । यसको ३० करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा एनएलजी इस्योरेन्सको २१ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ । नेसनल हाइड्रोपावर कम्पनीको १८ करोड ७६ लाख रुपैयाँ र नेपाल रिस्योरेन्स कम्पनीको १४ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ ।

See More On

सुझावित समाचार