नेपालमा कोरोना संक्रमणबाट थप १०८ को मृत्यु, ६५७० संक्रमणमुक्त

मंगलबार, २५ जेठ, २०७८
डिजिटल संस्करण

नेपालमा थप १०८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या आठ हजार ९८ पुगेको बताए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पाँच हजार एक सय ५३ जना संक्रमित थपिएका छन् । यो अवधिमा ६ हजार पाँच सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । 

निको हुने दर ८४.७ प्रतिशत रहेको छ । 

सुझावित समाचार