नेपालमा कोरोना संक्रमणबाट एकै दिन दुई सय १४ जनाको मृत्यु, नौ हजार दुई सय ४७ संक्रमित

सोमबार, ३ जेठ, २०७८
डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट एकै दिन दुई सय १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या पाँच हजार दुई सय १५ पुगेको छ । 

पछिल्लो २४ घन्टामा नौ हजार दुई सय ४७ जना संक्रमित थपिएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या एक लाख १३ हजार चार सय ८० पुगेको छ । 

पछिल्लो २४ घन्टामा पाँच हजार सात सय ६७ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या तीन लाख ४५ हजार पाँच सय २३ पुगेको छ । नेपालमा निको दर ७४.४ प्रतिशत रहेको छ ।
 

सुझावित समाचार