नेपालमा कोरोना संक्रमणबाट एकै दिन २२५ को मृत्यु, ५२ सय २५ संक्रमणमुक्त

मंगलबार, २८ बैशाख, २०७८
डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट एकै दिन दुई सय २५ को मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार साँझ पछिल्लो विवरण सार्वजनिक गरेको हो । योसँगै देशभर मृत्यु हुनेको संख्या चार हजार ८४ पुगेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा नौ हजार चार सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको संख्या चार लाख १३ हजार एक सय ११ जना पुगेको छ । 

पछिल्लो २४ घन्टामा पाँच हजार दुई सय २५ जना कोरोनामुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या तीन लाख १२ हजार १९ पुगेको छ ।

मन्त्रालयका अनुसार ९७ हजार आठजना आइसोलेसनमा र चार सय ४८ जना क्वारेन्टिनमा रहेका छन् ।
 

सुझावित समाचार