नेपालमा कोरोना संक्रमणबाट थप ५३ को मृत्यु, आठ हजार ४१८ संक्रमित थपिए, तीन हजार ३७० संक्रमणमुक्त

शनिबार, २५ बैशाख, २०७८
डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट एकै दिन ५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ६ सय ३२ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा आठ हजार चार सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१७ हजार तीन सय १५ जनाको पिसिआर परीक्षण गर्दा आठ हजार दुई सय ८७ जना र नौ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

योसँगै देशभर संक्रमितको संख्या तीन लाख ८५ हजार आठ सय ९० पुगेको छ । सक्रिय संक्रमित ८३ हजार चार ९३ छन् । 

पछिल्लो २४ घन्टामा तीन हजार सात सय ७० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ९८ हजार सात ६५ पुगेको छ ।

सुझावित समाचार