दमौलीमा एभरेष्ट बैंकको शाखा

सोमबार, १३ बैशाख, २०७८
डिजिटल संस्करण

एभरेष्ट बैंक लिमिटेडले तनहुँको दमौलीमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपाने र बैंकका गण्डकी प्रदेश प्रमुख राजु गौलीले उद्घाटन गरेका हुन् । 

उद्घाटन समारोहमा बैंकले कन्ट्याक्टलेस पेमेन्टलाई प्रवर्द्धन गर्दै आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा प्रदान गराउने आश्वासनका साथ क्युआर कोड पनि हस्तान्तरण गरेको जनाइएको छ । 

बैंकले देशभरमा एक सय तीन शाखा, प्रादेशिक कार्यालय, ३१ राजस्व संकलन केन्द्र, एक सय ३५ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आएको जनाएको छ ।  
 

सुझावित समाचार