भारतमा एकैदिन साढे तीन लाख संक्रमित

शनिबार, ११ बैशाख, २०७८
डिजिटल संस्करण

भारतमा कोरोना भाइरसबाट एकैदिन संक्रमित भएकाहरूको संख्या साढे तीन लाख पुग्न लागेको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना संक्रमित भएका हुन् ।   

यो संख्या कोरोना भाइरसको महामारी सुरु भएदेखिकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरूले जनाएका छन् । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले पछिल्लो एक दिनमा दुई हजार ६२४ जनाको मृत्यु भएको विवरण सार्वजनिक गरेका छन् । 
योसँगै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म कुल एक लाख ८९ हजार ५४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कुल एक करोड ६६ लाख १० हजार ४८१ जना कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ ।कुल संक्रमितमध्ये २५ लाख ५२ हजार ९४० जना अझै पनि संक्रमित अवस्थामै रहेको मन्त्रालयको तथ्यांक छ । 

त्यसैगरी, अहिलेसम्म एक करोड ३८ लाख ६७ हजार ९९७ जना संक्रमणमुक्त भइसकेका छन् । तीमध्ये दुई लाख १९ हजार ८३८ जना पछिल्लो एक दिनमा संक्रमणमुक्त भएका हुन् । भारतमा गत  जनवरी १६ देखि कोरोना भाइरसविरुद्धको खोप अभियान चलिरहे पनि भाइरसबाट संक्रमित र मृतकको संख्यामा दिनप्रतिदिन वृद्धि हुँदै गएको छ । 

सुझावित समाचार