टिसिएलको नयाँ वर्ष अफर

मंगलबार, १७ चैत, २०७७
डिजिटल संस्करण

नयाँ वर्ष २०७८ को अवसर पारेर टिसिएल ब्रान्डका उत्पादन नेपालमा बिक्री–वितरण गर्दै आएको सिजी इलेक्ट्रोनिक्सको इओएल प्रालिले विभिन्न प्रवर्द्धनात्मक अफर ल्याएको छ । अफरअन्तर्गत नगद छुट तथा विभिन्न प्रकारका सामान उपहार दिने गरी कम्पनीले योजना ल्याएको हो ।

अफरमा टिसिएलका टिभी, वासिङ मेसिन​, एयर कन्डिसनर खरिद गर्दा क्यासब्याक पाउने जनाइएको छ । कम्पनीले ३ वर्षको वारेन्टी भएको टिभीमा ७२ हजार ९ सय रुपैयाँसम्मको क्यासब्याक​, मोटर र पिसिबीमा ५ वर्षको वारेन्टी भएको फ्रन्ट लोडिङ वासिङ मेसिनमा ५ केजी एक्स्ट्रा वासिङ पाउडर र १४ हजार ६ सय रुपैयाँसम्मको क्यासब्याक​को अफर रहेको जनाइएको छ ।

त्यस्तै, मोटरमा ३ वर्षको वारेन्टी भएको टप लोडिङ वासिङ मेसिनमा ५ केजी एक्स्ट्रा वासिङ पाउडर र ७ हजार ५ सय रुपैयाँसम्मको क्यासब्याक तथा एयर कन्डिसनरमा ५ वर्षको वारेन्टीका साथै निःशुल्क जडानको सुविधा रहेको कम्पनीले जनाएको छ । 

See More On

सुझावित समाचार