सोलुखुम्बुमा भालुको आक्रमणबाट चौँरीपालक घाइते

बिहिबार, २७ फागुन, २०७७
डिजिटल संस्करण

भालुको आक्रमणमा परी सोलुखुम्बुमा एक चौँरीपालक कृषक घाइते भएका छन् । जिल्लाको लिखुपिके गाउँपालिका– १ गोलीका जाङ्बु शेर्पालाई बुधबार बिहान भालुले आक्रमण गरेको हो । 

गोठनजिकैको जंगलमा चौँरी चराउँदै गरेको अवस्थामा शेर्पालाई भालुले आक्रमण गरेको थियो । उनीसँगै साथमा रहेकी छोरीले हल्लाखल्ला गरेपछि भालु भागेको बताइएको छ । 

घाइते शेर्पालाई उपचारका लागि हेलिकाेप्टरमार्फत काठमाडौं पठाइएको छ । उनको गर्धन र पाखुरामा चोट लागेको छ ।

सुझावित समाचार