प्रदेश १ सभा बैठक सुरु, नेकपा सत्तारुढ समूहले विरोध गर्ने

आइतबार, २५ माघ, २०७७
डिजिटल संस्करण

प्रदेश १ सभाको बैठक सुरु भएको छ । नेकपाका दुई समूहबीच सहमति नजुटे पनि बैठक सुरु भएको हो । दिउँसो २ बजेका लागि बोलाइएको बैठक दुई घन्टा ढिलो सुरु भएको हो । 

झन्डै पाँच घन्टा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नभएपछि नेकपा ओली समूह (मुख्यमन्त्री शेरधन राई समूह)ले  विरोध गर्ने भएको छ । 

बैठकमा नेकपा ओली समूहका नेताहरूले बैठक सूचना टाँसेर स्थगित गर्नुपर्ने बताएका छन् भने प्रचण्ड–माधव समूहका नेताहरूले बैठक राखेर मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पेस गरिनुपर्ने अडान राखेका थिए ।  विपक्षी दलहरूले पनि बैठक सञ्चालन गर्नुपर्ने बताएका थिए ।

सुझावित समाचार