ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट हालसम्म दुई लाख २७ हजारभन्दा बढीको मृत्यु

बिहिबार, २२ माघ, २०७७
डिजिटल संस्करण

ब्राजिलमा बुधबार एकै दिन कोरोना भाइरस संक्रमणबाट एक हजार दुई सय ५४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या दुई लाख २७ हजार पाँच सय ६३ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा ब्राजिलमा ५६ हजार दुईजनामा कोरोना भाइरस संक्रमण भएपछि कुल संक्रमितको संख्या ९३ लाख ३९ हजार चार सय २० पुगेको छ । ब्राजिलको साओ पाउलोे सबैभन्दा बढी प्रभावित राज्य हो । 

विश्वमा कोरोना भाइरस संक्रमणका कारण धेरै मानिसले ज्यान गुमाउने राष्ट्रमध्ये ब्राजिल दोस्रो स्थानमा छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकामा कोरोना संक्रमणबाट चार लाख ६१ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट एक लाख ५४ हजार सात सयभन्दा बढीको मृत्यु भएको छ।

सुझावित समाचार