पोखराको चिप्लेढुंगामा कृषि विकास बैंकको शाखा

बुधबार, २१ माघ, २०७७
डिजिटल संस्करण

कृषि विकास बैंक लिमिटेडले पोखराको चिप्लेढुंगामा रहेको आफ्नै भवनमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन् । 

कार्यक्रममा पोखरामा रहेका सञ्चालक सदस्यहरू, कम्पनी सचिव हिमलाल पौडेल, केन्द्रीय तालिम प्रतिष्ठानका तालिम प्रमुख प्रकाश कणेल, गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक रघुनाथ न्यौपाने, मुख्य शाखा प्रबन्धक माधव रिजाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बाबुराम गिरीलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि उपस्थित रहेको बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकको हाताभित्र रहेको एटिएम सेवाको उद्घाटन बैंकका सञ्चालक समिति सदस्यद्वय झक्कप्रसाद आचार्य र हरिप्रसाद पराजुलीबाट संयुक्त रूपमा गरेको बैंकले जनाएको छ । 

सुझावित समाचार