माउन्ट एभरेस्टका उत्पादन बजारमा

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं/ माउन्ट एभरेस्ट डिस्टिलरीले दुई उत्पादन बजारमा ल्याएको छ । कम्पनीले प्रिमियम सेग्मेन्टअन्तर्गत माउन्ट गोल्ड–२५ युपी प्रिमियम ह्विस्की र ब्ल्याक पर्ल–३० युपी प्रिमियम भोड्का बजारमा ल्याएको हो ।

माउन्ट गोल्ड ७५०, ३७५ र १८० एमएल प्याकमा उपलब्ध हुने बताइएको छ । यसको मूल्य क्रमशः तीन हजार, १५ सय र ७५० रुपैयाँ तोकिएको छ । त्यसैगरी, ब्ल्याक पर्लको क्रमशः २४ सय, १२ सय र पाँच सयमा उपलब्ध हुनेछ । 

सुझावित समाचार