विदेशी विनिमय सञ्चिति साढे ४० खर्बमाथि, २१ महिनाको वस्तु आयात धान्न पर्याप्त

बिहिबार, २९ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं । आर्थिक वर्ष ०८३/८४ मा विदेशी विनिमय सञ्चिति वृद्धि भएको छ। चालू आवको दुई महिनामा विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार गत असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँबराबर रहेको विदेशी विनिमय सञ्चिति वृद्धि भई ४० खर्ब ६५ अर्ब ७८ करोड रुपैयाँ (२६ अर्ब ४८ करोड अमेरिकी डलर) पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकसँग ३६ खर्ब १० अर्ब ७६ करोड र बाँकी बैंक तथा वित्तीय संस्थासँग चार खर्ब ५५ अर्ब एक करोड रहेको केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।

पछिल्लो दुई महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.९ महिनाको वस्तु र १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ।

सुझावित समाचार