प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदकको तर्फबाट बहस सकिएको छ । निवेदकको तर्फबाट निरन्तर १३ दिन बहस भएको छ ।
आइतबार ११ जनाले बहस गरेका छन् । निवेदकका तर्फबाट धेरैले बहस गरेनन् । केही ‘हेभिवेट’ कानुन व्यवसायीबाहेक अन्यले उनीहरूकै कुरामा सहमति जनाए । यसैकारण पनि बसह छिट्टै टुंगिएको हो ।
सोमबारबाट सरकारी पक्ष अर्थात् विघटनको पक्षमा बहस सुरु हुने भएको छ । सोमबारदेखि महान्यायाधिवक्तासहित ११ जना सरकारी वकिलले विघटनको पक्षमा बहस सुरु गर्नेछन् ।
यसपछि प्रधानमन्त्री ओलीलगायतका विपक्षीका तर्फबाट निजी कानुन व्यवसायीले बहस गर्नेछन् । यसपछि एमिकस क्युरीका सदस्यले बोलेपछि फैसला आउनेछ ।