प्रधानमन्त्री केपी ओलीको सिफारिसमा गरिएको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्धको प्रदर्शनमा सहभागी हुन कांग्रेसका भ्रातृ संस्थाहरूले आइतबार संयुक्त अपिल जारी गरेका छन् । १९ माघमा कांग्रेसका १३ वटै भ्रातृ संस्थाहरूको संयुक्त आयोजनामा ७७ जिल्लामै एकसाथ प्रदर्शन हुँदै छ ।
प्रतिनिधिसभा विघटनमार्फत सर्वसत्तावादउन्मुख कदम, चरम भ्रष्टाचार, कुशासन, कोभिडविरुद्धको संघर्षमा देखिएको अकर्मण्यता, जनसरोकारका विषयमा सरकारी उदासीनता भएको मुद्दालाई अघि सारेर प्रदर्शन गर्न लागिएको संयुक्त अपिलमा उल्लेख छ । पार्टी सदस्य, समर्थक, शुभचिन्तक एवं समस्त जनसमुदायलाई प्रदर्शनमा सहभागी हुन अपिल गरिएको छ ।
अपिल जारी गर्ने संस्था र पदाधिकारी
क्र.सं. संस्था अध्यक्ष÷सभापति
१ नेपाल महिला संघ उमा रेग्मी
२ नेपाल तरुण दल जीतजंग बस्नेत
३ नेपाल विद्यार्थी संघ राजीव ढुंगाना
४ नेपाल प्रजातन्त्र सेनानी संघ टंकप्रसाद शर्मा कँडेल
५ नेपाल किसान संघ भानुभक्त सिग्देल
६ नेपाल दलित संघ मीनबहादुर विश्वकर्मा
७ नेपाल भूतपूर्व सैनिक संघ कर्णेल धनबहादुर मास्की राना
८ नेपाल आदिवासी जनजाति संघ इन्द्रबहादुर गुरुङ
९ राष्ट्रिय लोकतान्त्रिक अपाङ संघ भोजराज श्रेष्ठ
१० नेपाल मुस्लिम संघ अब्दुल सतार
११ नेपाल तामाङ संघ कवेलबहादुर लामा
१२ नेपाल राष्ट्रिय मगर संघ ओम थापामगर
१३ नेपाल ठाकुर समाज अनिरुद्ध्रप्रसाद ठाकुर