निकुञ्ज विभागको महानिर्देशकमा खराल

आइतबार, ११ माघ, २०७७
डिजिटल संस्करण

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको महानिर्देशकमा डा. दीपककुमार खराल नियुक्त भएका छन् । राष्ट्रपति चुरे तराई–मधेस संरक्षण समितिका सदस्यसचिव रहेका खराललाई वनमन्त्रीस्तरीय निर्णयबाट महानिर्देशक बनाइएको हो।

तत्कालीन महानिर्देशक पेमनारायण कँडेल पशुपन्छी विकास सचिवमा बढुवा भएपछि विभाग नेतृत्वविहीन थियो।

वन तथा वातावरण मन्त्रालयका प्रवक्ता प्रकाश लम्सालका अनुसार राष्ट्रपति चुरे तराई–मधेस संरक्षण समितिको सदस्यसचिवमा कृष्णप्रसाद आचार्य नियुक्त भएका छन् । उनी यसअघि कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव थिए।

सुझावित समाचार