संगीतकार संघको अध्यक्षमा पारस मुकारुङ

आइतबार, ४ माघ, २०७७
डिजिटल संस्करण

संगीतकार पारस मुकारुङ संगीतकार संघ नेपालको अध्यक्षमा चयन भएका छन् । संघको १०औँ साधारणसभाले मुकारुङको अध्यक्षतामा नयाँ कार्यसमिति पनि चयन गरेको छ । संघको नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्यक्षमा हरि लम्साल, द्वितीय उपाध्यक्षमा अष्ट लामा, महासचिवमा वसन्त सापकोटा, सचिवमा सुदाम थापा, कोषाध्यक्षमा राजेश थापा चयन भएका छन् ।

त्यस्तै, सदस्यमा जेम्स प्रधान, राजन इशान, कालीप्रसाद बाँसकोटा र टंक बुढाथोकी छन् । दुई वर्षे कार्यकालका लागि अध्यक्षमा चयन भएपछि मुकारुङले भने, ‘स्रष्टाहरूको गुमेको प्रतिलिपि अधिकार, उनीहरूको नैतिक अधिकार स्थापित गर्न लागिपर्नेछु ।’

साधारणसभाको अवसरमा याङ्सु श्रेष्ठको नाममा स्थापित याङ्सु बाल प्रतिभा पुरस्कार गायकद्वय प्रितम आचार्य र आयुष केसीलाई प्रदान गरिएको छ । स्रष्टाको प्रतिलिपि अधिकारमाथि निरन्तर कलम चलाइदिएको भन्दै नयाँ पत्रिका दैनिकका पत्रकार नवीन प्यासी, बाह्रखरी अनलाइनका पत्रकार नरेश फुयाँल र हंगामा टुडेका पत्रकार सीताराम बडाललाई जनही २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । 

See More On

सुझावित समाचार