नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु

शुक्रबार, २ माघ, २०७७
डिजिटल संस्करण

नेपाल–भारत संयुक्त आयोगको बैठक सुरु भएको छ । 

भारतको नयाँ दिल्लीस्थिति हैदराबाद हाउसमा बैठक सुरु भएको हो । 

बैठकमा दुवै देशका परराष्ट्रमन्त्रीले आ–आफ्नो देशको प्रतिनिधि मण्डलको नेतृत्व गरेका छन् । 

बैठकमा नेपालका पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतको तर्फबाट भारतीय विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरेका छन् । 

पराष्ट्रमन्त्री ज्ञवाली वैठकमा भाग लिन हिजो बिहीबार काठमाडौबाट नयाँदिल्ली गएका थिए । 

यस भ्रमणलाई लिएर देशभित्र समर्थन र विरोध दुवै पक्षमा आवाज र तर्कहरू आइरहेका छन् । 

केहीले देशभित्र उत्पन्न राजनीतिक वातावरणबीच भ्रमण हुन नहुने तर्क राखेका छन् भने केहीले कोरोना भाइरसको खोपसहित अन्य विषयमा छलफल गर्ने तालिकाअनुसार भ्रमण भएको भन्दै समर्थनमा तर्क गरिरहेका छन् ।

सुझावित समाचार