४०३ कोरोना संक्रमित थपिए, ४०५ निको भए, ६ काे निधन

बिहिबार, १ माघ, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टाको अवधिमा देशमा चार सय तीनजना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

यस अवधिमा चार सय पाँचजनाले भने कोरोनामाथि विजय पाएका छन् । 

साथै कोरोना संक्रमणका कारण थप ६ जनाको निधन भएको छ । योसँगै अहिलेसम्म देशमा कोरोनाबाट निधन हुनेको संख्या १९ सय ४३ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म दुई लाख ६६ हजार पाँच सय ४६ जनामा कोरोना देखिएको छ । यसमध्ये दुई लाख ६० हजार एक सय ७७ जनामा कोरोना निको भएको छ ।

सुझावित समाचार