२४ घन्टामा ५१३ संक्रमित निको हुँदा २५९ थपिए, पाँचको निधन

आइतबार, २६ पुष, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप दुई सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुने संख्या दुई लाख ६४ हजार सात सय पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा पाँच सय १३ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै संक्रमण निको हुनेको संख्या दुई लाख ५८ हजार चार सय ४१ पुगेको छ । अहिले देशभरि सक्रिय संक्रमितको संख्या भने चार हजार चार सय ४२ छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट यो अवधिमा थप पाँचजनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९ सय १७ पुगेको छ । 

सुझावित समाचार