संसद् विघटनउपर परेकाे रिटमा सरकारका तर्फबाट महान्यायाधिवक्तासहित ११ जनाले बहस गर्ने (सूचीसहित)

बुधबार, २२ पुष, २०७७
डिजिटल संस्करण

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा महान्यायाधिवक्ता अग्नि खरेलसहित ११ जनाले बहस गर्ने भएका छन् ।

चार नायब महान्यायाधिवक्ता, पाँचजना सहन्यायाधिवक्ता र एकजना उपन्यायाधिवक्ताले यस मुद्दामा सरकारका तर्फबाट बहस गर्नेछन् ।

यो संख्या बढ्न पनि सक्ने महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नायब महान्यायाधिवक्ताहरू पद्मप्रसाद पाण्डे, नारायणप्रसाद पौडेल, विश्वराज कोइराला र डा. टेकबहादुर घिमिरेले बहस गर्ने निश्चित भएको छ ।

यसैगरी, सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मी, श्यामकुमार भट्टराई, लोकराज पराजुली, खेमराज ज्ञवाली र उद्धवप्रसाद पुडासौनीले बहस गर्नेछन् ।

यसैगरी, उपन्यायाधिवक्ता दशरथ पंगेनीले पनि महान्यायाधिवक्ताको तर्फबाट बहस गर्ने तय भएको कार्यालयको भनाइ छ ।

पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरेकी थिइन् ।

तर, उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्चको संवैधानिक इजलासमा १३ रिट विचाराधीन छन् ।

See More On

सुझावित समाचार