२४ घन्टामा ७५० संक्रमित निको हुँदा ४१९ थपिए, ६ को निधन

शनिबार, १८ पुष, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा नेपालमा चार सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या दुई लाख ६१ हजार चार सय ३८ पुगेको    छ । अहिले सक्रिय संक्रमितको संख्या पाँच हजार सात सय ११ छ । 

पछिल्लो २४ घन्टामा सात सय ५० जना निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ५३ हजार आठ सय ५७ पुगेको छ ।

यो अवधिमा कोरोनाबाट थप ६ जनाको निधन भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८ सय ७० पुगेको छ ।

सुझावित समाचार