देशभर ६५९ संक्रमित थपिँदा ७१८ निको भए, सातको निधन

सोमबार, १३ पुष, २०७७
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा थप  ६ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नेपालमा योसँगै कोरोना संक्रमण हुनेको संख्या दुई लाख ५८ हजार आठ सय ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

यस्तै पछिल्लो २४ घन्टामा सात सय १८ जना कोरोना संक्रमित निको भएका छन् । हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ५० हजार पाँच सय ८१ पुगेको छ । 

अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार चार सय २७ रहेको छ ।

कोरोना संक्रमणबाट पछिल्लाे २४ घन्टामा थप सातजनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय ३१ पुगेको छ।

सुझावित समाचार