भारतमा कोरोना भाइरसबाट सक्रिय संक्रमित दुई लाख ८१ हजार ६ सय मात्रै

शनिबार, ११ पुष, २०७७
डिजिटल संस्करण

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शनिबारसम्ममा एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ । पछिल्लो २४ घन्टामा भारतमा २२ हजार दुई सय ७३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजार एक सय १८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घन्टामा भारतमा कोरोना संक्रमणको कारण दुई सय ५१ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या एक लाख ४७ हजार तीन सय ४३ जना पुगेको छ ।

मन्त्रालयको पछिल्लो विवरणमा ९७ लाख ४० हजार व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा दुई लाख ८१ हजार ६ सय ६७ सक्रिय संक्रमित रहेका छन् । 

भारतको राजधानी दिल्लीमा पछिल्लो २४ घन्टामा सात सय ५८ जनामा कोरोना भाइरस संक्रमण देखिएको र ३० जनाको मृत्यु भएको छ । भारतमा कोभिड–१९ सुरु भएयता भाइरस संक्रमणका कारण दिल्लीमा १० हजार चार सय १४ जनाको मृत्यु भइसकेको छ । 

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शनिबारसम्म देशभर करिब १६ करोड ७१ लाख आठ हजारको नमुना परीक्षण गरेको जनाएको छ ।

सुझावित समाचार