प्रतिनिधिसभा विघटनविरुद्धमा कांग्रेसले १६ पुसमा प्रदर्शन गर्ने

बुधबार, ८ पुष, २०७७
डिजिटल संस्करण

कांग्रेसले प्रतिनिधिसभा विघटनको विरुद्धमा आगामी १६ पुसमा प्रदर्शन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सभापति शेरबहादुर देउवाले १६ पुसमा मेलमिलाप दिवसको अवसरमा संसद् विघटन गर्ने निर्णयका विरुद्ध प्रदर्शन गर्ने प्रस्ताव राखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

शर्माका अनुसार बुधबारको बैठकमा गगन थापा, डा. रामशरण महत, आनन्द ढुंगाना र बलबहादुर केसीले धारणा राखेका छन् । उनीहरूले प्रतिनिधिसभा विघटन निरंकुशतातर्फ उन्मुख कदम भएको दाबी गरेका छन् । 

असंवैधानिक कदमको राजनीतिक रूपमा प्रतिरोध गर्ने निर्णय कांग्रेस  पदाधिकारी बैठकले गरिसकेको शर्माले स्मरण गराएका छन् । संसद् विघटन लोकतन्त्र र संविधानमाथिको हमला भएको कांग्रेसको ठहर छ । 

सुझावित समाचार