प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु, हरिबोल र रघुवीर महासेठ पनि सहभागी

मंगलबार, ७ पुष, २०७७
डिजिटल संस्करण

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक कार्की बेंक्वेट बबरमहलमा सुरु भएको छ ।

बैठकमा अर्का अध्यक्ष केपी ओली पक्षमा रहेका स्थायी कमिटी सदस्य रघुवीर महासेठ र तटस्थ रहँदै आएका हरिबोल गजुरेल पनि सहभागी भएका छन् ।

बैठकमा नेताहरूले सम्बोधन गर्ने क्रम सुरु भएको केन्द्रीय सदस्य गणेश पहाडीले जानकारी दिए । बैठकबाट अर्का अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव छ।

बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाललगायतले सम्बोधन गर्नेछन् । बालुवाटारमा ओली पक्षको बैठक सकिएलगत्तै अर्को पक्षको बैठक सुरु भएको हो।

सुझावित समाचार