कोरोना भाइरसबाट विश्वभरि १६ लाख ९२ हजारको मृत्यु

आइतबार, ५ पुष, २०७७
डिजिटल संस्करण

कोरोना भाइरस संक्रमणबाट हालसम्म १६ लाख ९२ हजारभन्दा बढीको मृत्यु भएको छ । वर्ल्डाेमिटरमा रहेको तथ्यांकअनुसार आइतबार दिउँसोसम्ममा विश्वका १६ लाख ९२ हजार दुई सय ४४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरसको कारण विश्वमा सबैभन्दा बढी प्रभावित राष्ट्रको रूपमा अमेरिका रहेको छ । अमेरिकामा गत जनवरीबाट सुरु भएको कोरोना भाइरसको कारण तीन लाख १४ हजार तीन सय पाँचजनाको मृत्यु भइसकेको छ ।

अमेरिकापछि ब्राजिलमा एक लाख ८५ हजार ६ सय ५० जनाको मृत्यु भएको छ । यसैगरी भारतमा एक लाख ४५ हजार एक सय ३६ जनाको मृत्यु भएको छ । मेक्सिकोमा कोरोनाबाट एक लाख १७ हजार दुई सय ४९ व्यक्तिको मृत्यु भएको छ । इटालीका कोरोना भाइरसबाट ६८ हजार चार सय ४७ जनाको मृत्यु भएको छ । 

गत सात दिनमा कोरोना भाइरसको कारण अमेरिकामा १८ हजार तीन सय ४५ जनाको मृत्यु भएको छ । ब्राजिलमा  पाँच हजार दुई सय १३ जनाको मृत्यु भएको छ । इटालीमा चार हजार पाँच सय सातजनाको मृत्यु भएको छ । मेक्सिकोमा चार हजार दुई सय ३० जनाको मृत्यु भएको छ भने जर्मनीमा तीन हजार नौ सय ६८ जनाको मृत्यु भएको एएफपी समाचार समितिले जानकारी दिएको छ । 
 

सुझावित समाचार