प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली खुमलटारबाट फर्केपछि सोझै गृहमन्त्री रामबहादुर थापा बादल निवास पुल्चोक पुगेका छन् ।
गृहमन्त्री सचिवालय श्रोतले दिएका जानकारी अनुसार, ओली आकस्मिकरुपमा गृहमन्त्री निवास पुगेका हुन् ।
प्रचण्डसँग वामदेव गौतमको उपस्थितिमा छलफल भएपनि सार्थक नतिजा ननिस्केपछि प्रधानमन्त्री गृहमन्त्री निवास पुगेका हुन् । ओली फर्केपछि नेता माधव नेपाल खुमलटार पुगेका थिए ।