भारतमा कोरोना संक्रमण दरमा व्यापक कमी, १६१ दिनपछि पहिलोपटक २२ हजार मात्रै संक्रमित

मंगलबार, ३० मंसिर, २०७७
डिजिटल संस्करण

भारतमा करिब पाँच महिनापछि एक दिनमा जम्मा २३ हजारभन्दा कम कोभिड–१९ संक्रमित फेला परेका छन् । यस्तै यहाँ कोभिड संक्रमणमुक्त हुने दर ९५ प्रतिशतभन्दा बढी पुगेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा जम्मा २२ हजार ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित भारतमा हालसम्म संक्रमितको संख्या ९९ लाख ६ हजार एक सय ६५ पुगेको छ । यस अवधिका संक्रमणबाट तीन सय ५४ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । भारतमा कोरनाबाट हालसम्म एक लाख ४३ हजार सात सय नौजनाको मृत्यु भइसकेको छ ।  

तथ्यांकअनुसार हालसम्म ९४ लाख २२ हजार ६ सय ३६ जना कोरोनामुक्त भइसकेका छन् । यस्तै पछिल्लो नौ दिनदेखि भारतमा सक्रिय कोरोना संक्रमितको संख्या चार लाखभन्दा कममा झरेको छ । भारतमा तीन लाख ३९ हजार आठ सय २० जनाको अस्पतालमा कोरोनासम्बन्धी समस्याका कारण उपचार भइरहेको छ । जुन कुल संख्याको ३.४३ प्रतिशत हो ।  

सुझावित समाचार