भारतमा कोरोना संक्रमित ९८ लाख ८४ हजार

सोमबार, २९ मंसिर, २०७७
डिजिटल संस्करण

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९८ लाख ८४ हजार पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घन्टामा मात्रै भारतमा २७ हजार नयाँ संक्रमित थपिएका छन् ।

यस्तै २४ घन्टाको अवधिमा तीन सय ३६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित भारतमा कोरोना भाइरस संक्रमणबाट कुल एक लाख ४३ हजार तीन सय ५५ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार भारतमा अझै पनि तीन लाख ५२ हजार पाँच सय ८६ जना सक्रिय संक्रमित अवस्थामा छन् । हालसम्म ९३ लाख ८८ हजार व्यक्ति कोरोना भाइरसको संक्रमणमुक्त पनि भएका छन् ।

भारतमा सर्वाधिक असर परेको महाराष्ट्र राज्यमा ७५ हजार व्यक्तिमा सक्रिय संक्रमण छ र उनीहरू प्रदेशका विभिन्न अस्पतालमा उपचार गराइरहेका छन् । केरलामा पनि झन्डै ६० हजार तथा नयाँ दिल्लीमा १७ हजार व्यक्ति सक्रिय संक्रमित छन् । 

यसैबीच भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले देशभर १५ करोड ४६ लाख नमुना परीक्षण गरेको जनाएको छ । 
 

सुझावित समाचार