नेपालमा पछिल्लो २४ घन्टामा थप १५ जना कोरोना संक्रमितको निधन भएको छ ।
शनिबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार ६ सय ८९ पुगेको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार यो अवधिमा देशभरमा आठ सय ९९ जनामा कोरोना पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४७ हजार पाँच ९३ पुगेको छ।
आज देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक हजार तीन ५९ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ३१ हजार दुई सय ३१ पुगेको छ।