काेराेना मिटर : १३५९ निको हुँदा आठ सय ९९ संक्रमित थपिए

शनिबार, २७ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा थप आठ सय ९९ जनामा कोरोना पुष्टि भएको छ।

शनिबार अपराह्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यो अवधिमा देशभरमा आठ सय ९९ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४७ हजार पाँच ९३ पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ७३ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा एक हजार तीन ५९ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ३१ हजार दुई सय ३१ पुगेको छ।

सुझावित समाचार