भारतमा एकै दिन थपिए ३२ हजार संक्रमित

बुधबार, २४ मंसिर, २०७७
डिजिटल संस्करण

भारतमा मङ्गलबार एक दिनमा ३२ हजारजनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९७ लाख ३५ हजार आठ सय ५० पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ ।

जसमध्ये ९२ लाख १५ हजारभन्दा बढी सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार अहिले भारतमा चार लाख ७८ हजार पाँच सय ८१ व्यक्ति सक्रिय सङ्क्रमित अवस्थामा छन् । भारतमा एकै दिन ५० हजारभन्दा कम सङ्क्रमित भेटिएको ३१औँ दिन हो ।

भारतमा कोरोना भाइरस सङ्क्रमणबाट २४ घन्टामा थप चार सय दुईजनाको मृत्यु भएको र योसहित कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ४१ हजार तीन सय ६० पुगेको छ । 

भारतभरि सबभन्दा बढी कोरोना भाइरस प्रभावित राज्य महाराष्ट्रमा ७४ हजार चार सय ६० अझै पनि सक्रिय सङ्क्रमित रहेका छन् । महाराष्ट्रपछि केरलामा ५९ हजार आठ सय ७३ सक्रिय सङ्क्रमित छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले भारतमा कुल १४ करोड ९८ लाख ३६ हजार नमुना परीक्षण गरेको जनाएको छ ।
 

सुझावित समाचार