नेपालमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप १७ जनाको निधन भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपराह्न दिएको जानकारीअनुसार नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १५ सय ९४ पुगेको छ ।
नेपालमा यो अवधिमा थप एक हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४० हजार नौ सय ८१ पुगेको छ ।
आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार पाँच सय ८२ रहेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा १७ सय ५२ जना संक्रमित निको भएसँगै निको हुनेको संख्या दुई लाख २५ हजार आठ सय पाँच पुगेको छ।