नेपालमा पछिल्लो २४ घन्टामा थप एक हजार ९६ जनामा कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपराह्न दिएको जानकारीअनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ४० हजार नौ सय ८१ पुगेको छ ।
आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार पाँच सय ८२ रहेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा १७ सय ५२ जना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या दुई लाख २५ हजार आठ सय पाँच पुगेको छ।