काठमाडौं उपत्यकामा थपिए पाँच सय ६१ संक्रमित

बिहिबार, १८ मंसिर, २०७७
डिजिटल संस्करण

काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा पाँच सय ६१ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख १० हजार नौ सय ४० पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  काठमाडौं जिल्लामा चार सय ५५, ललितपुर जिल्लामा २६ र भक्तपुर जिल्लामा ८० जनामा कोरोना संक्रमण देखिएको छ। 

यस्तै आज काठमाडौंमा पाँच, ललितपुमा एक र भक्तपुरमा एकजना गरी सातजनाकाे कोरोना संक्रमणबाट निधन भएको छ । 

अहिलेसम्म काठमाडौंमा मात्र ८९ हजार दुई सय ८८, ललितपुरमा १३ हजार पाँच सय १९ र भक्तपुरमा आठ हजार ५३ जनामा कोरोना संक्रमण देखिएको छ । 

जसमध्ये काठमाडौंमा तीन सय ९३, ललितपुरमा एक सय १७ र भक्तपुरमा ९३ जनाको कोरोना संक्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ । 

आज देशभर १३ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै संक्रमितको कुल संख्या दुई लाख ३७ हजार पाँच ८९ पुगेको छ। 

सुझावित समाचार