कोरोना मिटर : १२ सय ५५ संक्रमित थपिए, १४०४ निको भए

आइतबार, १४ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा गएको २४ घन्टामा १२ सय ५५ जना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो अवधिमा १२ सय ५५ जना संक्रमित थपिएको पुष्टि गरेको छ । 

थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ३१ हजार नौ सय ७८ पुगेको छ ।

हाल १७ हजार नौ सय नौजना  सक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४ सय चारजना संक्रमित निको भएका छन् । 

यो तथ्यांकसँगै हालसम्म दुई लाख १२ हजार दुई सय ५९ जना संक्रमित निको भइसकेका छन् । 

सुझावित समाचार