डडेल्धुरामा थप एकजना संक्रमितको निधन

आइतबार, १४ मंसिर, २०७७
डिजिटल संस्करण

डडेल्धुरामा थप एकजना काेरोना संक्रमितको निधन भएको छ । 

डडेल्धुरा अस्पतालको आइसोलेसनमा उपचाररत अमरगढी नगरपालिकानिवासी ८५ वर्षीया वृद्धाको आइतबार बिहान निधन भएको डडेल्धुरा अस्पतालले जनाएको छ   ।

निमोनिया तथा छातीको समस्याबाट पीडित उनमा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । 

मृतकको  शव सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । 

योसँगै जिल्लामा कोरोना संक्रमणबाट निधन हुनेको संख्या तीन पुगेको छ ।

सुझावित समाचार