कोरोना मिटर : थप १३ सय ८० जनामा कोरोना संक्रमण, १९ को निधन

शनिबार, १३ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा पछिल्लो २४ घन्टामा थप १३ सय ८० जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार देशभरमा १३ सय ८० जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३० हजार सात सय २३ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको १८ हजार ८३ रहेका मन्त्रालयले जनाएको छ । 

त्यस्तै, यो अवधिमा पाँच सय १५ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या दुई लाख ११ हजार एक सय ८६ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा संक्रमणबाट थप १९ जनाको निधन भएको छ । मन्त्रालयका अनुसार योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १४ सय ५४ पुगेको छ।

सुझावित समाचार