परराष्ट्रसचिवस्तरीय वार्ता सम्पन्न : शृंगला भन्छन्– समस्या समाधान गर्ने राम्रो सुरुवात

बिहिबार, ११ मंसिर, २०७७
डिजिटल संस्करण

नेपाल र भारतका परराष्ट्रसचिवहरूको दुईपक्षीय वार्ता सम्पन्न भएको छ । 

वार्तापछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै भारतीय विदेशसचिव हर्षबर्धन शृंगलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिएका छन् । 

उनले दुई देशबीच देखिएका समस्या समाधान गर्ने विगषयमा छलफल भएको बताए । 

आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा पनि छलफल गरिएको शृंगलाको भनाइ छ । 

वार्तामा परराष्ट्रसचिव भरतराज पौडेल र भारतीय विदेशसचिव शृंगला सहभागी थिए । 

भारतीय विदेशसचिव शृंगला दुईदिने औपचारिक भ्रमणका लागि आज बिहान काठमाडौं आइपुगेका हुन् । 

उनी भोलि शुक्रबार स्वदेश फर्कने भ्रमण तालिका रहेको छ ।

सुझावित समाचार