कोरोना मिटर : १७ सय ९० नयाँ संक्रमित थपिँदा २७ सय ९१ जना निको भए

मंगलबार, ९ मंसिर, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टाको अवधिमा देशभर कुल १७ सय ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार यस अवधिमा २७ सय ९१ जना कोरोना निको भएका छन् । 

नयाँ थपिएकासमेत गरेर देशभर हालसम्म दुई लाख २४ हजार ७८ जनामा कोरोना संक्रमण भएको छ ।

यसमध्ये दुई लाख चार हजार आठ सय ५८ जना निको भएको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार