कोरोना संक्रमित सशस्त्र प्रहरी निरीक्षकको निधन

मंगलबार, ९ मंसिर, २०७७
डिजिटल संस्करण

मोरङमा कोरोना भाइरस संक्रमणका कारण सशस्त्र प्रहरी निरीक्षकको निधन भएको छ ।

तेह्रथुम स्थायी घर भई ३ नं. सशस्त्र प्रहरीको कंकालिनी गण टंकी सिनुवारी मोरङमा कार्यरत प्रहरी निरीक्षक नवीन बुढाथोकीको निधन भएको हो । 

मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

विराट मेडिकल कलेजका आइसोलेसन इञ्चार्ज सुनील देवले उनको भेन्टिलेटरमा उपचार भइरहेकोमा सोमबार राति ११:२२ बजे निधन भएको जानकारी दिए । 

३३ वर्षीय बुढाथोकीको कोरोनाबाहेक अन्य कुनै रोग नरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि गत कात्तिक २६ गते उनलाई उपचारका लागि विराट मेडकलमा भर्ना गरिएको थियो । 
मृतक बुढाथोकीमा कात्तिक २७ गते कोरोना पजिटिभ देखिएको थियो ।

सुझावित समाचार